14.4c Kathmandu, Nepal

Sunday, September 13, 2026
११ महिना अगाडि

कीर्तीपुर जलन अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा  कीर्तिपुर जलन अस्पतालबीच सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौता बमोजिम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आर्थिक वर्षदेखि जलन उपचार सेवा सञ्चालन गर्ने तयारी गरेको छ। कीर्तिपुर अस्पताल फेक्ट नेपालद्वारा सञ्चालित अस्पताल हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्साल र  फेक्ट नेपालका कार्यकारी अध्यक्ष डा भरत कुमार प्रधानले उक्त सहमति गरेका हुन्। 

उक्त सहमतिअनुसार अब प्रतिष्ठानका चिकित्सक, नर्स, प्राविधिक, कर्मचारी तथा विद्यार्थीहरू तालिमका लागि ती अस्पतालमा जान सक्नेछन्। साथै,दुबै संस्थाबीच जनशक्ति आदान–प्रदान पनि गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि  प्रतिष्ठानले मुटु उपचार सेवाको क्षमता विकासका लागि सहिद गङ्गालाल मुटु रोग अस्पतालसँग सहकार्य गर्दै नर्सिङ र रेडियोलोजी विभागका जनशक्ति तालिमका लागि पठाइसकेको थियो।