14.4c Kathmandu, Nepal

Saturday, September 12, 2026
११ महिना अगाडि

किष्ट अस्पतालले क्यान्सरका बिरामीलाई एक महिनासम्म नि:शुल्क बेड प्रदान गर्ने

 ग्वार्कोस्थित किष्ट शिक्षण अस्पतालले जिवनको अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीलाई एक महिनासम्म निशुल्क बेड सेवा प्रदान गर्ने निर्णय गरेको छ।

क्यान्सरका विरामीहरुको भावनात्मक तथा शारिरीक पीडा कम गरी सुख तथा सहजताका साथ अन्तिम सास फेर्न चाहाने बिरामीका लागि असोज २७ देखि कार्तिक मसान्तसम्म एक महिनासम्म निःशुल्क बेड सेवा प्रदान गर्ने जनाएको हो।

यो सँगै अस्पतालले प्यालियटिभ केयर युनिटको औपचारिक रूपमा शुभारम्भ गरेको छ । सोमबार अस्पतालले एक कार्यक्रम गर्दै सानु खड्की लगायत विरामी तथा बिरामीका आफन्तको हातबाट सो सेवाको सुरुवात गरेको हो।

क्यान्सर सम्बन्धि सर्जरी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी र हर्मोनल थेरापी लगायत उपचार सेवा दिदै आएको अस्पतालले प्यालियटिभ केयर समेत सुरु गरि क्यान्सरको दुखाइ नियन्त्रण, भावनात्मक तथा आध्यात्मिक परामर्श जस्ता सेवा एकै ठाउँमा उपलब्ध गर्ने बताएको छ ।

के हो प्यालियटिभ केयर ?

क्यान्सरको उपचारको अन्तिम चरणमा बिरामी शारीरिक पीडा, मानसिक तनाव र सामाजिक एक्लोपनको सामना गरिरहेका हुन्छन।यस्तो अवस्थामा चिकित्सा सम्वन्धि मात्र उपचार नभई भावनात्मत तथा शारिरिक रुपमा सहज मृत्युको लागि सान्त्वना तथा गरिने स्नेह पूर्ण केयर हो।