14.4c Kathmandu, Nepal

Saturday, November 15, 2025
१ महिना अगाडि

एचसीआरसी अस्पतालका विशेषज्ञले बर्दियामा दिए निःशुल्क स्वास्थ्य सेवा

नेपालगन्जस्थित एचसीआरसी अस्पतालका विशेषज्ञ चिकित्सकहरुले बर्दियाको बारबर्दियामा गएर निःशुल्क स्वास्थ्य सेवा दिएका छन् ।

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका स्थानीय समुदायका लागि शिविरले ठूलो लाभ पुर्याएको स्थानीयले बताए ।

बारबर्दिया नगर अस्पतालसँगको सहकार्यमा आयोजित शिविरमा बाँझोपन विशेषज्ञ डा.मञ्जु बिसी शाह, बालरोग विशेषज्ञ डा. उपेन्द्र यादव लगायतका चिकित्सकले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेका थिए ।

एक सय भन्दा बढी बिरामीको स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएको बताइएको छ । शिविरमा बालबालिका, महिला र वृद्धवृद्धाहरुबढी आएका थिए।