14.4c Kathmandu, Nepal

Monday, November 10, 2025
२ महिना अगाडि

मो:मो अड्किएर एकको मृत्यु

एम्स अस्पतालको चेतावनी : हत्तारिए नखानुस, चपाएर मात्रै निल्नुहोस्

Thursday, September 18, 2025 | बिहीबार, असोज २, २०८२

भारतको दिल्लीस्थित एम्स अस्पतालले अचारसँगै तातो मो:मो धेरै जोशका साथ खाने शौखिन व्यक्तिहरुलाई मो:मो धेरै मात्रामा चपाउन र सावधानीपूर्वक निल्न सल्लाह दिएको छ। हत्तारिएर मो:मो निल्दा स्वास्थ्यका लागि घातक साबित हुन सक्ने अस्पतालले जनाएको छ। एम्सका विज्ञहरूले नचपाइ मो:मो निल्नाले चिन्ताको विषय हुन सक्ने र यो पेटमा अड्किएर ज्यान समेत जान सक्ने बताएका छन् ।

वास्तवमा, एम्सका विज्ञहरूले मो:मो खाएर स्वास्थ्य बिग्रिन गइ ५० वर्षीय पुरुषको मृत्यु भएपछि यस्तो चेतावानी जारी गरेका हुन् । एम्सको फोरेन्सिक रिपोर्ट अनुसार मृतक पुरुष रक्सी खाँदै पसलमा मो:मो खाइरहेका थिए। त्यही क्रममा उनी भुइँमा ढले । पोस्टमार्टम रिपोर्टलाई उल्लेख गर्दै फोरेन्सिक विज्ञहरूले मो:मो हावानलीमा अड्किएको बताए। विज्ञहरूले यो समस्यालाई न्यूरोजेनिक कार्डियक अरेस्टको रूपमा वर्णन गरेका छन्। ‘आकार बढी भएका खानेकुरा खाँदा शरीर भित्रै फुल्ने सम्भावना हुन्छ, त्यसलाई चपाएर मात्र खानुपर्छ ।

विज्ञहरुले चपाएर नखाँदा त्यो चिज हावाको नलीमा चिप्लिएर अड्किने सम्भावना हुन्छ। यसले श्वासप्रश्वास प्रणालीलाई अवरुद्ध गर्न सक्छ र मृत्युको मुखमा पनि पु-याउन सक्छ, ‘विज्ञहरुले उल्लेख गरेका छन्। -एजेन्सी