14.4c Kathmandu, Nepal

Tuesday, July 21, 2026
१० महिना अगाडि

पूँजी बजार सुधारका लागि पाँच सदस्यीय कार्यदल गठन

काठमाडौँ । पूँजी बजारमा देखिएका अवरोध तथा लगानीकर्ताको मनोबल घट्दो अवस्थालाई सम्बोधन गर्न सरकारको पहलमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्यदल गठनबारे सार्वजनिक जानकारी दिएको हो।

सरकारले गठित कार्यदलले तत्कालका सुधारात्मक कदम तथा दीर्घकालीन संरचनात्मक परिवर्तनका लागि ठोस कार्ययोजना र सुझाव पेश गर्नेछ।

कार्यदलको संयोजकमा धितोपत्र बोर्ड नेपालका कार्यकारी निर्देशक रुपेश के.सी. तोकिएका छन्। सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरञ्जन फूँयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।

अर्थ मन्त्रालयका अनुसार कार्यदललाई छोटो समयमै प्रतिवेदनसहित आवश्यक सिफारिस पेस गर्न निर्देशन दिइएको छ, जसको आधारमा पूँजी बजार सुधारका कदम अघि बढाइनेछ।