14.4c Kathmandu, Nepal

Sunday, February 8, 2026
४ महिना अगाडि

ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी

आइतबार, असोज १२, २०८२ 

काठमाडौं– नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे अनुसन्धानका लागि गठित छानबिन आयोगले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का भएको विषयमा आपत्ति जनाएको छ । 

एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राजनीतिक प्रतिशोधयुक्त कदम भएको भन्दै आपत्ति जनाएको हो । 

Ncell 2

यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा भएको बताएको छ । यस्तै भदौ २४ को घटनामा संलग्न दोषीहरुलाई पनि जाँचबुझ क्षेत्राधिकारभित्र पर्ने भन्दै कानुनी कारबाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनमा पनि एमालेले आपत्ति जनाएको छ । यस्तो निर्देशले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकार माथि हस्तक्षेप मात्र गरेको नभइ यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको टिप्पणी गरिको छ ।

यस्तै  पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंमा बस्ने निर्णय पनि गरेको छ । त्यसअघद्धि  केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्ने एमालेले जानकारी दिएको छ ।